
भर्खरै आफ्नो नयाँ फोन अनर ९० र ९० लाइट नेपाली बजारमा सार्बजनिक गरेको अनरले फेरी पनि अर्को फोन अनर X६ए लन्च गरेको छ। ५० मेगापिक्सल क्यामेरा, ६.५६ इन्चको टीएफटी एलसीडी डिस्प्ले जस्तो फेचर भएको यो मिड-रेञ्जमा फोनको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Honor X6a Price in Nepal) बारेमा बताउने छौ।
“अनर X६ए” विस्तृतमा :
डिजाइनकै कुरा गर्नु पर्दा फोनमा फ्लैट फ्रेम डिजाइनको साथ स्क्वायर क्यामेरा मोड्युल दिएको छ, जुन तीनवटा क्यामेराहरू रहेको छ। यस्तै स्मार्टफोनमा, स्काई सिल्भर, मिडनाइट ब्ल्याक, स्यान लेक गरि तिनओटा कलर अपशनहरु दिएको छ। डिस्प्लेमा भने ६.५६ इन्चको टीएफटी एलसीडी स्क्रीन, ९० हर्ज़को रिफ्रेस रेट, HD+ रिजोलुसन, २०:९ रेसिओ जस्तो फिचरहरु समाबेश गरिएको छ।
यो पनि पढ्नुहोस्ः
- “आइफोन १५” बारे हामीलाई थाहा भएको सबै कुरा
- ९ मिनेटमा फुल चार्ज हुने “रियलमी जीटी फाइभ” चिनमा सार्वजिनक
- आइफोनको अल्ट्रा मोडेल कस्तो हुने छ ?
- मिडियाटेक डिमेन्सिटी ६१००+ प्रोसेसर भएको “रियलमी ११x फाइभ जी” नेपालमा छिटै सार्बजनिक हुने

प्रोसेसरको लागि भने फोनमा १२ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा कोर मीडियाटेक हेलियो जी३६ जडान गरिएको छ। यहाँ अपरेटिङ सिस्टममा तपाइले एनड्रोइड १३ र युजर इन्टरफेसको लागि भने अनरको MagicOS 7.1 पाउनु हुने छ। यस्तै मेमोरीको कुरा गर्दा यहाँ ६ जीबीको र्याम र माइक्रो एसडी स्लट सहित १२८ जीबीको स्टोरेज दिएको छ।
साथै यहाँ ट्रिपल ब्याक क्यामेरा सेटप रहेको छ, जसमा ५० मेगपिक्सलको मुख्य र २ मेगपिक्सलको दुइओटा म्याक्रो र देप्थ सेन्सर पाउनु हुन्छ। अगाडी सेल्फी र भिडियो कलहरू गर्नको लागि ५ मेगपिक्सलको फ्रन्ट क्यामेरा जडान गरिएको छ।

यससंगै फोनमा २२.५ वाटको चार्जिङ सपोर्ट सहितको ५२००mAh को ब्याट्रि पाउनु हुन्छ। तस्तै कम्पनिले दावी गरे अनुसार २० मिनेटको चार्जले फोन ०% देखि ३१% सम्म पुग्न सक्छ। यसबाहेक साइड माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.१, ३.५ एमएम हेडफोन ज्याक जस्ता अन्य फिचरहरु पनि फोनमा रहेको छ।
अनर X६ए को बिशेषता:
डिस्प्ले (Display) | ६.५६ इन्च टीएफटी एलसीडी डिस्प्ले, ९० हर्ज़ रिफ्रेस रेट |
रिजोल्युसन(Resolution) | ७२० x १६१२ पिक्सल, २०:९ रेसिओ, ~२६९ पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | मीडियाटेक हेलियो जी३६ (१२ एनएम) |
ओएस र युआई (OS and UI) | एनड्रोइड १३ (Honor MagicOS 7.1) |
क्यामेरा (Camera) | ५० मेगापिक्सल, f/१.८ (वाइड) २ मेगपिक्सल, f/२.४ (म्याक्रो) २ मेगापिक्सल, f/२.४ (देप्थ) |
फ्रन्ट क्यामेरा (Front Camera) | ५ मेगापिक्सल, f/२.२ (वाइड) |
मेमोरी र स्टोरेज (Memory and Storage) | ६ जीबी र्याम, १२८ जीबी स्टोरेज |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | ५२००mAh ब्याट्रि, २२.५ वाट वायर्ड चार्जिङ, २० मिनेटमा ३१% (कम्पनिले दावी गरेको) |
कलर अपशन (Color Options) | स्काई सिल्भर, मिडनाइट ब्ल्याक, स्यान लेक |
मूल्य र उपलब्धता ( Honor X6a Price in Nepal and Availability)
अनर X६ए नेपाली बजारमा अधिकारिक रुपमा सार्बजनिक भएकोको छ। फोनको ६ जीबी र्याम र १२८ जीबी स्तोरेज भेरियन्टको मूल्य नेपालमा रु १७,४९० रहेको छ।
अनर X६ ए | नेपालमा मुल्य (Honor X6a Price in Nepal) |
६/१२८ जीबी | रु १७,४९० |
यो पनि पढ्नुहोस्ः
- सामसङ्गको पहिलो ग्यापलेस हिंज भएको फोल्डेबल फोन नेपालमा आउदै
- अगस्त १३ बाट प्रि-बूकिंगको लागि उपलब्ध हुदै सामसङ्ग जेड फ्लिप फाइभ: कति होला मूल्य ?
- MDMS प्रणाली मार्फत यसरि फेला पार्नुहोस हराएको फोन
- पर्स जस्तै बोक्न मिल्ने अनरको नया फोल्डेबल फोन
- आकर्षक मूल्यका साथ “शाओमी प्याड ६” नेपाली बजारमा
- “टेक्नो फ्यान्टम भी फोल्ड”: नेपालमा अहिले सम्मकै सस्तो फोल्डेबल फोन भएर आउन सक्ने