बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन: टेकपाइला इनोभेसन्ससँग बन्यो विशेष B2C पार्टनर

ltic techpaaila partnership

बुटवल। लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित बुटवलको सिद्धार्थ कटेजमा आयोजित विशेष समारोहबीच लुम्बिनी टेक इनोभेसन सेन्टर (LTIC) को औपचारिक उद्घाटन गरिएको छ। यो सेन्टर प्रविधि क्षेत्रको प्रतिष्ठित संस्था टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) को विशेष B2C पार्टनर का रूपमा सञ्चालनमा आएको हो।


लुम्बिनीलाई ‘ग्लोबल टेक हब’ बनाउने लक्ष्य

कार्यक्रम लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर राना को अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त अवसरमा लुम्बिनी क्षेत्रलाई ‘Global Tech Hub’ का रूपमा विकास गर्ने दीर्घकालीन सोच प्रस्तुत गर्दै Artificial Intelligence (AI), CybersecurityData Science सम्बन्धी कोर्सहरूको मार्गचित्र सार्वजनिक गरिएको थियो।

सेन्टरले प्रशिक्षणसँगै निम्न सेवाहरू उपलब्ध गराउने जनाएको छ।

  • उच्चस्तरीय सफ्टवेयर विकास (Software Development)
  • मोबाइल एप विकास (Mobile App Development)
  • साइबर सुरक्षा परामर्श (Cybersecurity Consulting)
  • डाटा सुरक्षा (Data Protection)
  • आईटी इन्कुबेसन सेन्टर (IT Incubation Center)
  • स्टार्टअप इकोसिस्टम विकास तथा प्रवर्द्धन

स्थानीय युवालाई प्रविधिमार्फत आत्मनिर्भर बनाउने अभियान

कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्स बुटवल–रुपन्देही का कार्यवाहक महासचिव शिव ज्ञवाली ले लुम्बिनी टेक इनोभेसन सेन्टरको स्थापना तथा संस्थापक अध्यक्षको दूरदर्शी सोचको प्रशंसा गर्नुभयो।

उहाँले आधुनिक प्रविधिमा आधारित सीप विकासमार्फत स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउने यो अभियानले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।


टेकपाइला इनोभेसन्ससँग आधिकारिक B2C साझेदारी

कार्यक्रमका विशिष्ट अतिथि तथा TechPaaila Innovations का Associate Director चिरञ्जीवी अधिकारी ले लुम्बिनी टेक इनोभेसन सेन्टरलाई आधिकारिक B2C Partner Certificate हस्तान्तरण गर्नुभयो।

उहाँले यस सहकार्यमार्फत टेकपाइला इनोभेसन्सका सेवा तथा प्रविधिलाई बुटवल र आसपासका क्षेत्रमा विस्तार गर्ने लक्ष्य अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गर्नुभयो।


वक्ताहरूले गरे प्रशंसा

वेष्टर्न मेगा कलेज का प्रिन्सिपल किशु शर्मा ले दुबईको आकर्षक अन्तर्राष्ट्रिय जागिर छाडेर आफ्नै गृहजिल्लामा प्रविधि विकासको अभियान सञ्चालन गर्न फर्किएका संस्थापक अध्यक्ष धन बहादुर राना को समर्पण र योगदानको प्रशंसा गर्नुभयो।

त्यस्तै, ICT की सिनियर फ्याकल्टी अस्मिता सेढाईं ले लुम्बिनी क्षेत्रमा Software Hub को अवधारणा अघि सार्नु महत्वपूर्ण र स्वागतयोग्य पहल भएको बताउनुभयो।


CAN महासंघको शुभकामना

कार्यक्रममा क्यान महासंघ (CAN Federation) का सचिव नारायण श्रेष्ठ, केन्द्रीय कार्यसमिति सदस्य ध्रुवराज फुयाँल (सुदीप शर्मा) तथा क्यान महासंघ रुपन्देही शाखा का अध्यक्ष जीवन अधिकारी ले स्थानीय प्रतिभालाई समेटेर आईटी सेवा, परामर्श र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने यस पहलको स्वागत गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।


उल्लेखनीय उपस्थिति

भव्य रूपमा सम्पन्न उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, नीति निर्माता, सूचना प्रविधि विज्ञ, उद्योगी–व्यवसायी, शैक्षिक क्षेत्रका प्रतिनिधि तथा प्रविधिप्रेमी Gen Z युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.