“अल्टिमा एक्सचेन्ज मेला“ अन्तर्गत आफ्नो पुरानो वा बिग्रिएको इयरफोनसँग नयाँ इयरबड साट्नुहोस्

Ultima Exchange Mela

नेपाली लाइफस्टाइल एक्सेसरिज ब्रान्ड अल्टिमाले ‘अल्टिमा एक्सचेन्ज मेला’ सुरु गर्दै छ। यहि अगस्ट ११ र १२ गते काठमाडौं सिभिल मलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म र हुकुट स्टोरमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म हुने यो अल्टिमा एक्सचेन्ज मेलामा तपाई पनि सहभागी हुन सक्नु हुन्छ। 

उक्त इभेन्ट को कुरा गर्दा, यहाँ तपाइले आफ्नो कुनै पनि ब्रान्डको पुरानो इयरबड वा इयरफोन लाई एक्सचेन्ज गरि अल्टिमा को नया अल्टिमा एटम ८२० इयरबड जम्मा रु ११९९ मा पाउनु हुने छ। कम्पनीले जनाए अनुसार यस एक्सचेन्ज मेलामा कुनै बिग्रिएको वा काम नगर्ने इयरफोनहरु पनि साट्न मिल्ने छ। यस्तो एक्सचेन्ज मेला नेपालमा पहिलो पटक भएको हो र धेरै पर्योगकर्ताहरुको सहभागी हुने अपेक्षा गरिएको छ। 

अल्टिमाको ‘एटम ८२० इयरबडको बजार मूल्य भने रु. २९९९ रहेको छ तर यस एक्सचेन्ज अफरमा तपाइले उक्त इयरबड जम्मा रु. ११९९ रुपैयामा पाउनु हुनेछ। 

यो पनि पढ्नुहोस्ः

यो इयरबडको विशेषताको बारेमा कुरा गर्ने हो भने यहाँ १३ एमएम डाइनामिक ड्राइभर्स (Dynamic Driver), टच-बेस-कन्ट्रोल (Touch-based-control) र कनेक्टिभिटिको लागि ब्लुतुथ भर्जन ५.३ समाबेश गरिएको छ। यो इयरबडमा IPX5 (इयरबडहरू मात्र) रेटिंग भएको हुदा पनि वा पसिना बाट बिग्रिन्छकि भनेर डराउन पर्दैन । यस एअरबड्समा ६० मिलि सेकेंड लो ल्याटेन्सी मोड (Low latency mode) भएकाले गेम खेल्दा आवाज ढिलो हुने जस्तो समस्या पनि  नहुने कम्पनीले जनाएको छ । तस्तै अल्टिमाका अनुसार इयरबडले चार्जिङ केससँगै २५ घण्टा प्लेब्याक समय प्रदान गर्न सक्छ।

टिप्पणी गर्नुहोस्