
विश्वव्यापी रूपमा लन्च भएको करिब एक महिना पछि अब आइफोन १५ आधिकारिक रुपमा खरिदको लागि नेपालमा पनि उपलब्ध भएको छ। आज यस लेखमा हामी आईफोन १५ को स्पेसिफिकेशन र फिचरहरू संगै यसको नेपालमा पर्ने मूल्यको (iPhone 15 Price in Nepal) बारेमा पनि छलफल गर्नेछौं।
डिजाइन र डिस्प्ले
आइफोन १५ को डिजाइनको कुरा गर्ने हो भने, यो आइफोन १४ संग मिल्दोजुल्दो रहेको छ। हेर्दा उस्तै-उस्तै देखीने र डिजाइनमा पनि धेरै कहिँ भिन्नता नभएको यो फोनको अगाडि र पछाडि एल्युमिनियम फ्रेमको साथ कर्निङ-निर्मित गिलासद्वारा सुरक्षित गरिएको छ। यस्तै डाइमेन्सनमा कुरा गर्दा फोनको उचाइ १४७.६ एमएम, चौडाइ ७१.६ र मोटाई ७.८ एमएम रहेको छ। साथै फोनलाई पानी र धुलोबाट बचाउनु IP68 रेटिङ दिएको छ। एप्पलले यो पाली फोनमा कालो, निलो, हरियो, पहेंलो र गुलाबी गरि पाँचओटा कलर अपशनहरु दिएको छ।

यससंगै फोनको डिस्प्लेमा भने ११७९ x २५५६ पिक्सेल रिजोलुसन स्क्रिनको साथ ६.१ इन्चको सुपर रेटिना XDR OLED स्क्रिन, २००० निटस सम्मको ब्राइटनेस, सिरेमिक शिल्ड ग्लास प्रोटेक्सन, HDR10, डल्बी भिजन जस्ता फिचर दिएको छ। तस्तै आइफोन १४ प्रो सिरिजका उपकरणहरूमा मात्र देखाइएको डायनामिक आइल्याण्ड यसपाली हामीले आइफोन १५ को सबै सिरिजहरुमा पाउन सक्छौं।

प्रोसेसर र मेमोरी
पर्फमेन्सको कुरा गर्दा, यहाँ एप्पलले अघिल्लो आईफोन प्रो सिरिजहरुमा प्रयोग गरेको चिपसेट ए१६ बायोनिक जडान गरेको छ। आइफोन १५ प्रो लाइनअपमा समाबेश गरिएको A17 Pro SoC जत्तिकै शक्तिशाली नभए पनि पर्फमेन्सको मामिलामा अझै पनि हामीलाई प्रभावित गर्न सक्छ।
यो पनि पढ्नुहोस्ः
- सामसङ्गको पहिलो ग्यापलेस हिंज भएको फोल्डेबल फोन नेपालमा आउदै
- अगस्त १३ बाट प्रि-बूकिंगको लागि उपलब्ध हुदै सामसङ्ग जेड फ्लिप फाइभ: कति होला मूल्य ?
- MDMS प्रणाली मार्फत यसरि फेला पार्नुहोस हराएको फोन

४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित, हेक्सा-कोर आर्किटेक्चरमा आधारित एप्पलको शक्तिशाली सिलिकन चिपसेटले १६-कोर न्यूरल इन्जिनहरू संगै ३.४६ गिगाहर्ट्जमा दुई एभरेस्ट कोर र २.० गिगाहर्ट्जमा क्लक गरिएको चार Sawtooth कोर फिचर गर्दछ। यस्तै ग्राफिक्स र गेमिङ जस्ता कार्यहरू ह्यान्डल गर्न ५-कोर भएको जिपियु दिएको छ। तपाइले आइफोन १५ मा १२८/२५६ र ५१२ गरि तीनओटा स्टोरेज विकल्पहरू पाउनु हुने छ। साथै सफ्टवेयर तर्फा भने एप्पलले आफ्नो नयाँ IOS 17 OS समाबेश गरेको छ।
क्यामेरा
प्रयोगकर्ताहरुले एप्पलको फोनहरु धेरै रुचाउनुको एक कारण यसको क्यामेरा पनि हो। एप्पलले आफ्नो हेरक फोनको क्यामेरा क्वालिटीलाई खरिदकर्ताहरू अगाडि मुख्य फोकस बनाएर प्रस्तुत गर्छ। यसपाली पनि एप्पलले आफ्नो आइफोनमा प्रयोग हुदै आएको १२ मगेपिक्सल लेन्सलाई सेन्सर-शिफ्ट OIS सुविधा सहितको ४८ मेगापिक्सेलको मुख्य क्यामेरामा परिवर्तन गरेको छ। एप्पलका अनुसार मुख्य क्यामेराबाट २x सम्म जुम हुने र त्यसैले तेस्रो टेलिफोटो लेन्सको रूपमा पनि काम गर्ने बताएको छ। त्यस्तै, सेकेन्डरी क्यामेराले भने १२ मेगपिक्सलको अल्ट्रा-वाइड लेन्सको साथ 130˚ FOV (field of view) फिचर गर्दछ।

तस्तै अगाडी फ्रन्ट क्यामेरा तर्फा तपाईंले डायनामिक आइल्याण्डमा 3D देप्थ र बायोमेट्रिक्स सेन्सरको साथ १२ मेगपिक्सलको f/१.९ एपर्चर लेन्स पाउनुहुनेछ।
ब्याट्रि र चार्जिङ
चार्जिङको कुरा गर्ने हो भने यहाँ एप्पलले अहिले सम्मकै ठूलो परिवर्तन गरेको छ। यस फोनमा एप्पलले आफ्नो लाइटनिङ पोर्टको सट्टा टाइप-सी पोर्ट जडान गरेको छ । युरोपले पनि २०२४ देखि बन्ने सबै इलेक्ट्रोनिक उपकरणहरूमा यूएसबी-सी चार्जिङ अनिवार्य हुन पर्ने नयाँ नियम लागू गरेको थियो। त्यसैले अब एप्पलले आफ्नो लाइटनिङ केबल भएको फोन युरोपमा बेच्न नपाउने हुँदा यूएसबी-सी पोर्ट प्रयोग गर्न बाध्य भएको हो।

त्यस बाहेक एप्पलले यहाँ २० वाट सम्मको वायर्ड फस्ट चार्जिङ सपोर्ट र १५ वाट सम्मको Mag-Safe वायरलेस चार्जिङ दिएको छ। यससंगै एप्पलले आईफोनहरूको वास्तविक ब्याट्री क्षमता उल्लेख गरेको छैन तर एप्पल अनुसार आईफोन १५मा २० घण्टा सम्म भिडियो प्ले गर्न मिल्छ। फोनमा ब्लुटुथ ५.३, डुअल ब्यान्ड वाइफाइ, फेसआईडी र आपतकालीन SOS सुविधाहरू समाबेश गरेको छ
आइफोन १५ को बिशेषता:
डिस्प्ले (Display) | ६.१ इन्च OLED, सुपर रेटिना XDR, ६० हर्ज़ रिफ्रेस रेट |
रिजोल्युसन(Resolution) | २५५६ x ११७९ पिक्सल, ~४६० पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | ए१६ बायोनिक (४एनएम) प्रोसेसर, ६ CPU कोर + ५ GPU कोर, १६-कोर न्यूरल इन्जिन |
ओएस र युआई (OS and UI) | iOS 17 |
क्यामेरा (Camera) | ४८ मेगपिक्सल f/१.६, २६एमएम (वाइड), २x अप्टिकल जुम, सेन्सर-शिफ्ट OIS १२ मेगपिक्सल f/२.४ अल्ट्रावाइड क्यामेरा, १३एमएम, FOV 120˚ |
फ्रन्ट क्यामेरा (Front Camera) | १२ मेगपिक्सल f/१.९, २३एमएम (वाइड) |
मेमोरी र स्टोरेज (Memory and Storage) | १२८/२५६/५१२ जीबी स्टोरेज |
सिम (SIM) | डुअल सिम (नैनो + eSIM), डुअल eSIM |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | भिडियो प्लेब्याक को 20 घण्टा सम्म, 20W Type-C वायर्ड (30 मिनेटमा 50%), 15W वायरलेस (MagSafe), 7.5W वायरलेस (Qi) |
कलर अपशन (Color Options) | कालो, निलो, हरियो, पहेंलो, गुलाबी |
नेपालमा मूल्य र उपलब्धता (iPhone 15 Price in Nepal and Availability)
नेपालमा आइफोन १५ को १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु १,५७,४९९ तोकिएको छ । तपाइले यसलाई ओलिज स्टोर र हुकुट स्टोर जस्ता एप्पलको-आधिकारिक बिक्रेताहरू मार्फत खरिद गर्न सक्नु हुन्छ।
आइफोन १५ | नेपालमा आधिकारिक मुल्य ( iPhone 15 Price in Nepal) |
१२८ जीबी | रु १,५७,४९९ |
२५६ जीबी | रु १,७६,४९९ |
५१२ जीबी | रु २,१४,४९९ |
यो पनि पढ्नुहोस्ः
- ५२००mAh ब्याट्री भएको “अनर X६ ए” चाँडै नेपालमा आउँदै
- मिडियाटेक डिमेन्सिटी ६१००+ प्रोसेसर भएको “रियलमी ११x फाइभ जी” नेपालमा छिटै सार्बजनिक हुने
- पर्स जस्तै बोक्न मिल्ने अनरको नया फोल्डेबल फोन