यसरी लिन सकिन्छ NRN नागरिता ! फर्म सहित

NRN Citizenship Form

नेपाल सरकारले गैर आवासीय नागरिकता दिन सुरु गरेपछि अब गैर आवासीय नागरिकता कसरि लिने भन्ने अन्योलता धेरैमा  देखिएको छ। गैर आवासीय नागरिकता लिने प्रक्रियालाइ सहज बनाउनका लागि के के तयारी गर्नु पर्ने रैछ त ?

यहाँ हामीले तपाइँहरुका लागि सहज र चरणबद्ध रुपमा गर्नु पर्ने कुराहरु लेखेका छौं।

अस्वीकरण: यहाँ लेखिएका प्रिक्रियाहरु रुपन्देहीबाट पहिलो पल्ट गैर आवासीय नागरिकता लिने सुमन ढुंगानाबाट साभार गरिएको हो। 

नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुलाई आफु रहेको देशको नेपाली दुताबसबाट पनि गैर आवासीय नागरिकता लिने व्यवस्था गरेको छ, त्यसका लागि आफु रहेको देशको नेपाली दुतावासलाई सम्पर्क गर्नुहोला। यो प्रक्रिया नेपालकै सरकारी कार्यालयबाट यस्तो नागरिकता लिनका लागि हो।  

१ . नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता परित्याग गरेको घोषणा गर्ने । यसका लागि सक्कल नागरिकता लिएर नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यलयमा निवेदन दिने र जिल्ला प्रशासन प्रमुख बाट स्वीकृत गराउने। 


नागरिकता परित्यागको निवेदन 


२ . आफ्नो गाउपलिका/नगरपालिका वा उप तथा महानगरपालिकाको वडाबाट देहाए बमोजिम सिफारिस गराउने 


वडा कार्यलयबाट सिफारिस 


३. स्वघोषणा को फारम भर्ने र जिप्रकामा अधिक्रित्तको हस्ताक्छार गराउने। यो भर्दा बाबुआमाको नागरिकताको बिवरण चाहिन्छ र नागरिकताहरुको फोटोकपी पनि गराउने | जिल्ला प्रशासन प्रमुखलाई गैर आवासीय नागरिकता पाउँ भनि निबेदन लेख्ने । सनाखतका लागि बाबु, आमा अथवा हजुरबुवा उपस्थित हुनुपर्ने ।


स्वघोषणा र गैर आवासीय नागरिकताको निवेदन 


सबै फारम तथा निवेदनका फर्म्याट हामीले तल उपलब्ध गराएका छौ। स्वघोषणा र गैर आवासीय नागरिकताको निवेदन चाँही नेपाली कागजमा प्रिन्ट गर्नु पर्ने हुनेछ।  

चेकलिस्ट

१. चार प्रति दुवै कान देखिने पासपोर्ट साइजको फोटो

२. चार प्रति दुवै कान देखिने अटो साइजको फोटो

३. बिदेशी नागरिकताको प्रमाणपत्र र फोटोकपी

४ . बिदेशी पासपोर्ट र फोटोकपी

५. मान्य रहेको नेपाली भिसाको फोटोकपी  

६. नेपाली नागरिकता र फोटोकपी

७ . बाबु/आमाको नागरिकता र फोटोकपी

NRN नागरिताको पहिलो फर्म यहाँ डाउनलोड गर्नुहोस

नेपाली नागरिता परित्याग गर्ने फर्म यहाँ डाउनलोड गर्नुहोस

टिप्पणी गर्नुहोस्