
गुगलले हिजो न्यूयोर्कमा भएको मेड बाई गुगल २०२३ कार्यक्रममा आफ्नो नयाँ फ्ल्यागशीप स्मार्टफोन पिक्सल ८ र पिक्सल ८ प्रो सार्वजनिक गरेको छ । यस लेखमा भने हामी पिक्सल ८ को सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Google Pixel 8 Price in Nepal) बारेमा बताउने छौँ।
‘गुगल पिक्सल ८’ बिस्तृतमा
गुगल पिक्सल ८ डिजाइनको बारेमा कुरा गर्नु पर्दा, यसको डिजाइनलाई पिक्सल ६ र ७ बाट फरक बनाउन डिजाइनलाई अलिकति ट्वीक गरिएको छ। जस्तै यसको कर्नसलाई पहिला भन्दा थप गोलाकार बनाइएको छ तर पनि डिजाइन हेर्दा पुरानो पिक्सल फोन भन्दा धेरै भिन्न देखिदैन। यस्तै मेटल फ्रेम र अगाडि-पछाडि भएको स्क्र्याच-प्रतिरोधी गोरिल्ला ग्लास भिक्टस २ ले फोनलाई अझै टिकाउ र बलियो बनाउँछ।

त्यस्तै पिक्सल ८ मा गत वर्षको ६.३ इन्च स्क्रिनको सट्टा ६.२ इन्चको डिस्प्ले जडान भएको छ, जसले गर्दा पुरानो पिक्सल फोनहरु भन्दा पिक्सल ८ अलिकति सानो छ। यससंगै नयाँ डिस्प्लेमा १२० हर्ज़ रिफ्रेस रेट रहेको छ, यस अघिको पिक्सल ७ मा भने जम्मा ९० हर्ज़को रिफ्रेस रेट दिएको थियो । ब्राइटनेसमा भने गुगलले यहाँ १४०० निट्स सम्मको ब्राइटनेस दिएको छ तर बाहिर घाममा यसले २००० निट्स सम्म को उच्चतम ब्राइटनेस प्रदान गर्न सक्छ। साथै पिक्सल ७ मा जस्तै पिक्सल ८ मा पनि १०८०x२४०० डिस्प्ले रिजोल्युसन दिएको छ।

गुगल पिक्सल ८ को क्यामेराको कुरा गर्दा, यहाँ डुअल क्यामेरा सेटअप दिएको छ। जसमा पछाडी f/१.७ एपर्चरको साथ ५० मेगापिक्सलको मुख्य क्यामेरा र f/२.२ एपर्चरको साथ १२ मेगापिक्सलको अल्ट्रावाइड क्यामेराहरु रहेको छ भने अगाडी भिडियो कल र सेल्फीको लागि f/२.२ एपर्चरको साथ १०.५ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ । यस्तै गुगलले पिक्सल ८ को नयाँ मुख्य क्यामेरा पिक्सल ७ को तुलनामा २१ प्रतिशत बढी लाईट सेन्सेटि भएको दाबी गरेको छ र यहाँ पिक्सल ८ प्रो मा प्रयोग भएको सेन्सर नै प्रयोग गरिएको छ।

यसबाहेक गुगलको सबैभन्दा महत्त्वपूर्ण फिचर क्यामेराको हार्डवेयरसँग सम्बन्धित नभएर गुगल फोटो एपमा देख्न सकिन्छ। गुगल I/O इभेन्टमा घोषणा गरिएको म्याजिक इरेजर सुविधा पिक्सल ८ को लन्च पछि उपलब्ध हुने भएको छ। यस सुविधाबाट तपाइले वरिपरि भएको वस्तु परिवर्तन गरेर फोटोलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्नु हुन्छ। यस्तै यहाँ पिक्सल ८ ले बेस्ट टेक फिचर पनि ल्याएको छ, जसले खिचिएका फोटोहरु संयोजन गरेर सबैले क्यामेरामा हेरिरहेको र एकै समयमा मुस्कुराउँदै गरेको बनाउँछ।
स्मार्टफोनमा टेन्सोर्स जी३ प्रोसेसर जडान भएको छ, जुन ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित नोना-कोर भएको चिपसेट हो। गुगलले जी३ मा एआई मेसिन लर्निङ मोडेल प्रयोग गरेको छ, जुन पिक्सल ६ मा प्रयोग भएको टेन्सरको पहिलो पुस्ताको तुलनामा १० गुणा जटिल कार्य गर्न सक्ने छ। यस्तै फोनमा स्प्याम कलहरू फिल्टर गर्ने, भिडियो रेकर्डिङहरूबाट नचाहिने ब्याकग्राउण्ड अडियो मेटाउने, कलहरूलाई अझ स्पष्ट बनाउने र भ्वाइस ट्रान्सक्रिप्सन प्रयोग गर्दा धेरै भाषाहरू बिच सिमलेस स्विच गर्न मिल्ने छ।

यससंगै पिक्सल ८ एन्ड्रोइड १४ को साथ आउने छ भने गुगलले सात वर्षको ओएस र सेक्युरिटी अपडेटहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । जुन अघिल्लो पिक्सेल फोनहरूले प्राप्त गरेको भन्दा दुई गुणा बढी हो र अन्य कुनै पनि एन्ड्रोइड फोन निर्माताले यति लामो समय सम्मको अपडेटहरू दिने प्रतिबद्धता गरेको छैन। यस्तै ब्याट्रिमा भने गुगलले २७वाट वायर्ड र १८वाट वायर्डलेस चार्जिङ सपोर्टको साथ ४५७५mAh ब्याट्रि दिएको छ। जुन पिक्सल ७ को तुलनामा ब्याट्री क्षमता लगभग ५ प्रतिशतले बढेको हो, किनभने यस अघि गुगलले पिक्सल ७ मा जम्मा ४३५५mAh को ब्याट्रि दिएको थियो।
गुगल पिक्सल ८ को बिशेषता:
डिस्प्ले (Display) | ६.२ इन्च OLED स्क्रीन, १२० हर्ज़ रिफ्रेस रेट, १४०० निट्स ब्राइटनेस |
रिजोल्युसन(Resolution) | १०८० x २४०० पिक्सल, २०:९ रेसिओ, ~४२८ पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | गुगल टेन्सर जी३ (४ एनएम) |
जिपियु (GPU) | Immortalis-G715s MC10 |
ओएस र युआई (OS and UI) | एनड्रोइड १४ () |
क्यामेरा (Camera) | ५० मेगापिक्सल, f/१.७, २५ एमएम (वाइड) १२ मेगापिक्सल, f/२.२ (अल्ट्रा वाइड) |
फ्रन्ट क्यामेरा (Front Camera) | १०.५ मेगापिक्सल, f/२.२, २० एमएम (अल्ट्रा वाइड) |
मेमोरी र स्टोरेज (Memory and Storage) | ८ जीबी र्याम, १२८/२५६ जीबी स्टोरेज |
फिचर (Features) | फिंगरप्रिन्ट(under display, अप्टिकल) एक्सेलेरोमिटर, गाइरो, प्रोक्सिमिटी, कम्पास, ब्यारोमिटर |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | ४५७५mAh ब्याट्रि, २७वाट वायर्ड चार्जिङ, १८वाट |
कलर अपशन (Color Options) | ओब्सिडियन, हेजल, रोज |
मूल्य र उपलब्धता (Google Pixel 8 Price in Nepal and Availability)
गुगल पिक्सल ८ को ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्ट USD ६९९ मूल्यका साथ प्रि-अर्डरको लागि उपलब्ध हुने छ । नेपालमा भने यसको मूल्य रु ९८,९९९ हुन सक्ने अनुमान गर्न सकिन्छ।
गुगल पिक्सल ८ | अमेरिकामा मूल्य (आधिकारिक) | नेपालमा अपेक्षित मुल्य (Expected Google Pixel 8 Price in Nepal) |
८/१२८ जीबी | USD ६९९ | रु ९८,९९९ |
यो पनि पढ्नुहोस्ः
- मेड बाई गुगल २०२३: पिक्सल ८ र पिक्सल वाच २ लन्च इभेन्ट लाइभ कसरी हेर्ने
- “गुगल पिक्सल ८ प्रो” बारे हामीलाई थाहा भएको सबै कुरा
- प्रि-बूकिंगका लागि उपलब्ध अल्टिमा वाच म्याजिक प्रो
- “वाच सर्कल”: आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक हुदै अल्टिमाको स्मार्टवाच
- लाईकाको ब्रान्डेड क्यामेराहरूको साथ लन्च गरियो “शाओमी १३ टि”
- ५० मेगापिक्सल क्यामेरा भएको “ओप्पो ए५८” नेपालमा खरिदको लागि उपलब्ध