
रियलमीले यहि सोमबार चिनमा एक कार्यक्रम मार्फत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन रियलमी जीटी फाइभ सार्वजिनक गरेको छ । आज यस लेखमा भने हामी तपाइलाई २४ जीबी र्याम तथा २४० वाटसम्म फास्ट चार्जिङ सपाेर्ट भएकाे रियलमी जीटी फाइभको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Realme GT 5 Price in Nepal) बारेमा बताउने छौ।
‘रियलमी जीटी फाइभ’ विस्तृतमा:
स्मार्टफोनको मुख्य आकर्षण वा बिशेषता भनेकै यसको फास्ट चार्जिङ सपाेर्ट रहेको छ। कम्पनिले यहाँ फरक ब्याट्री क्षमता र चार्जिङ स्पीड भएको दुई फरक भेरियन्टहरु उपलब्ध गराएको छ। जस अन्तर्गत ५,२४०mAh ब्याट्री भएको फोनले १५० वाटको फास्ट चार्जिङ र ४६००mAh ब्याट्री भएको फोनले २४० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाहेक कम्पनिले यहाँ १५० वाटको फास्ट चार्जिङ सपोर्ट भएको मोडलले १८ मिनेटमा फुल चार्ज गर्न सक्ने र २४० वाटको फास्ट चार्जिङ सपोर्ट भएको मोडलले ९ मिनेटमा चार्ज गर्न सक्ने दाबी गरेको छ।

स्मार्टफोनको अन्य बिशेषताको बारेमा कुरा गर्नु पर्दा यसको मेमोरी र स्टोरेज पनि मुख्य आकर्षण रहेको छ। किनभने तपाइले फोनमा २४ जीबी सम्मको LPDDR5 र्याम र १ टीबी सम्मको UFS 4.0 स्टोरेज पाउनु हुने छ र साथै यो फोन ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको “स्न्यापड्रागन ८ जेन २” चिपसेटद्वारा संचालित हुनेछ।
यो पनि पढ्नुहोस्ः
- आइफोनको अल्ट्रा मोडेल कस्तो हुने छ ?
- “आइफोन १५” बारे हामीलाई थाहा भएको सबै कुरा
- आकर्षक मूल्यका साथ “शाओमी प्याड ६” नेपाली बजारमा

यस्तै फोनको क्यामेराको कुरा गर्दा यहाँ ट्रिपल क्यामेरा सेटअप दिएको छ, जसमा “Sony IMX890” का साथ ५० मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स र २ मेगपिक्सलको म्याक्रो शूटर पर्दछ। सेल्फीको लागि अगाडी “Samsung S5K3P9 sensor” भएको १६ मिगापिक्सलको एउटा फ्रन्ट क्यामेरा जडान गरिएको छ।

त्यस्तै रियलमी जीटी फाइभमा तपाइले अपरेटिङ सिस्टममा एनड्रोइड १३ र युजर इन्टरफेसको लागि भने रियलमी युआइ ४.० पाउनु हुने छ । यससंगै फोनको डिस्प्लेको कुरा गर्दा कम्पनिले यहाँ ६.७४ इन्चकाे फुल एचडी प्यानल,१.५K रिजोलुशन, १४४ हर्ज़को रिफ्रेस रेट र १४०० निट्सको ब्राइटनेस जस्ता फिचर दिएको छ साथै यसले इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, “Dolby Atmos” , Hi-Res अडियो, NFC जस्ता अन्य फिचरहरु पनि समाबेश गरेको छ।
रियलमी जीटी फाइभको बिशेषता:
डिस्प्ले (Display) | ६.७४ इन्च एमोलेड डिस्प्ले, १२४० x २७७२ पिक्सल, १४४ हर्ज़ रिफ्रेस रेट, १४०० निटस ब्राइटनेस, २०:९ रेसिओ, ~४५१ पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | स्न्यापड्रागन ८ जेन २ (४ एनएम) |
जिपियु (GPU) | एड्रेनो ७४० |
ओएस र युआई (OS and UI) | एनड्रोइड १३ (रियलमी युआइ ४.०) |
क्यामेरा (Camera) | ५० मेगापिक्सल, f/१.९, २४ एमएम (वाइड), अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS) ८ मेगापिक्सल, f/२.२ , १६ एमएम, ११२ डिग्री (अल्ट्रा-वाइड) २ मेगापिक्सल, f/२.४ (म्याक्रो) |
फ्रन्ट क्यामेरा (Front Camera) | १६ मेगापिक्सल, f/२.५, २५ एमएम (वाइड) |
मेमोरी र स्टोरेज (Memory and Storage) | १२/१६/२४ जीबी र्याम, २५६/५१२ जीबी र १ टीबी स्टोरेज |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | ५२४०mAh ब्याट्रि, १५०वाट वायर्ड चार्जिङ ४६००mAh ब्याट्रि, २४०वाट वायर्ड चार्जिङ |
मूल्य र उपलब्धता (Realme GT 5 Price in Nepal and Availability)
रियलमी जीटी फाइभ यहि सेप्टेम्बर ४ गतेबाट चिनमा खरिदको लागि उपलब्ध हुने छ। यो फोन अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध हुने कुनै विवरणहरू कम्पनिले अहिले सम्म खुलाएको भने छैन। यसको मूल्य को कुरा गर्दा फोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टलाइ चिनमा २,९९९ यूआन करिब साढे ५४ हजार नेपाली रुपैयाँ तोकिएको छ।
रियलमी जीटी फाइभ | चिनिया मूल्य | नेपालीमा रूपान्तरित मूल्य (Converted Realme GT 5 Price in Nepal) |
१२/२५६ जीबी | ¥.२,९९९ | रु. ५४,१३० |
१६/५१२ जीबी | ¥.३,२९९ | रु. ५९,५४५ |
२४ जीबी /१ टीबी | ¥.३,७९९ | रु. ६८,५६९ |
- जिमेल स्टोरेज कसरी फ्री गर्ने भनेर हेर्न: