युट्युब अपडेट २०२३: नयाँ सुविधा, लुक र एनिमेटेड डिजाइनहरु

YouTube New Update 2023

प्रख्यात भिडियो स्ट्रिमिङ प्ल्याटफर्म युट्युबले आफ्नो नयाँ युआइ अपडेटहरु सार्वजनिक गरेको छ। जहाँ प्रयोगकर्ताहरुले नयाँ सुविधाहरू र डिजाइनहरु पाउनुको साथै  भिडियो हेर्ने अनुभव माथि थप नियन्त्रणहरु पाउने छन्। 

नयाँ सुविधाहरू !

अपडेटमा सबैभन्दा पहिले, नयाँ स्टेबल भोल्युम सुविधा देख्न सकिन्छ, जसले तपाइँले हेर्नुभएको भिडियोहरूको भोल्युम स्थिर रहोस भनेर सुनिश्चित गर्दछ। यो सुविधा विशेष गरी चर्को विज्ञापन वा अचानक भोल्युममा परिवर्तन आउने भिडियोहरू हेर्नको लागि उपयोगी हुने छ । 

स्टेबल भोल्युम सुविधा प्राय सबै प्रयोगकर्ताहरूका लागि पूर्वनिर्धारित रूपमा सक्रिय हुनेछ, यद्यपि यसलाई आफ्नो ईच्छा र आवश्यकता अनुसार अफ गर्न र अन गर्न पनि सक्नु हुन्छ। 

अर्को नयाँ सुविधा भनेको भिडियो क्लिपहरूको प्लेब्याक स्पीड थिचेर नियन्त्रण गर्ने रहेको छ। यस सुविधाले प्रयोगकर्ताहरूलाई लामो भिडियोहरू अझ छिटो बनाएर हेर्न वा भिडियोको कुनै विशेष भागमा पुग्न मदत गर्दछ। 

तपाईले भिडियोहरूको प्लेब्याक स्पीड नियन्त्रण गर्नको लागि स्क्रीनको कुनै पनि ठाउमा प्रेस र होल्ड गर्नुहोस्, र तपाईंले चाहेको भिडियोको भागमा पुग्नुभयो भने छोड्नुहोस्, यसरी तपाईले वेब, ट्याब्लेट र मोबाइल उपकरणहरूमा भिडियोहरूको प्लेब्याक स्पीड स्वचालित रूपमा २x मा बम्प गर्न सक्नु हुन्छ। 

अपडेटमा सबैभन्दा उल्लेखनीय परिवर्तनहरू मध्य एक लक स्क्रिन सुविधा रहेको छ। यस सुविधा मार्फत तपाईले भिडियो हेरी रहँदा झुक्किएर स्क्रीनमा कतै ट्याप भएर नयाँ भिडियो प्ले हुने वा आफै प्ले पज हुने जस्ता समस्याहरु रोक्न सक्नु हुन्छ। यो फिचर इन्यावल पश्चात् भिडियो हेर्दा स्क्रीनको कुनै पनि भागमा ट्याप गर्दा टच हुँदैन।

युआइ अपडेट

युट्युबले आफ्नो नयाँ अपडेटमा एप्पलाई आधुनिक र आकर्षक बनाउनको लागि एनिमेटेड डिजाइनहरु दिएको छ। नयाँ डिजाइनमा सब्सक्राइब बटन र लाइक बटनहरु प्रेस गर्दा छुट्टै एनिमेटेड डिजाइनहरु देख्न सकिन्छ।

यस्तै गरी लाइब्रेरी ट्याब र अकाउन्ट पेजलाई पनि एकै ठाउँमा मर्ज गरिएको छ, जहाँ तपाईले पहिले हेरिएका भिडियोहरू, प्ले लिस्टहरू र डाउनलोडहरू देख्न पाउनु हुन्छ। यसरी सबै कुरा एकै ठाउँमा हुँदा यसले प्रयोगकर्ताहरूलाई पनि युट्युबमा सामग्रीहरू फेला पार्न थप सहज बनाउँछ। 

यी नयाँ सुविधाहरू संगै युट्युबले अन्य धेरै परिवर्तन र सुधारहरू पनि गरेको छ। जस्तै उदाहरणका लागि युट्युबले गाना वा ट्यून गुनगुनाएर प्ल्याटफर्ममा गीतहरू खोज्नको लागि विकल्प दिएको छ जहाँ तपाइले गुनगुनाएको धुन वा गानालाई युट्युवले AI को सहायताले मिल्दो जुल्दो भिडियोहरु देखाउँछ ।

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्