
एक महिनाभन्दा बढि भयो एप्पलले आफ्ना नवीनतम उत्पादनहरू WWDC23 कार्यक्रममा घोषणा गरेको । एप्पलको प्रतिस्पर्धी मानिएको सामसुङले पनि आफ्ना उत्पादनहरू घोषणा गर्न वर्षैपिच्छे कार्यक्रमहरू गर्छ र यसपाली जुलाई २६ मा उसले त्यस्तो कार्यक्रम गर्दैछ ।
यसपालिको कार्यक्रम विशेष हुने सामसुङले बताएको छ । फोल्ड गर्न मिल्ने Galaxy Z Fold फोन आउने त पक्कापक्की नै छ । तर यसपालि नयाँ स्मार्टवाच र ट्याबलेट पनि उसले घोषणा गर्दैछ । साथै एप्पलले घोषणा गरेको एप्पल भिजन प्रोलाई प्रतिस्पर्धा गर्न सामसुङले पनि आफ्नै भिआर हेडसेट घोषणा गर्ला ?
हामी यो लेखमा सामसुङले घोषणा गर्ने सक्ने सबै कुराहरूको बारेमा केहि चर्चा गर्नेछौँ ।
Samsung Unpacked July 2023 कसरी हेर्ने ?
सामसुङको यो कार्यक्रम हेर्नको लागी तपाईँले यसको आधिकारिक वेबसाइटमा गएर समय हेरेर लाइभ हर्न सक्नुहुन्छ । त्यहाँ कतिखेर यो लाइभ आउनेछ भनेर बताइएको छ वेबसाइटको माथिपट्टि नै ।
साथै तपाईँले सामसुङको आधिकारिक युट्युब च्यानलमा गएर पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ । यदी तपाईँले प्रत्यक्ष प्रसारण हेर्नको लागी समय मिलाउन सक्नुभएन भने पनि त्यहीँ यसको भिडियो उपलब्ध हुनेछ ।
यदी तपाईँले अहिले नै Galaxy Z Flip 5 वा Galaxy Z Fold 5 किन्ने सोच बनाइरहनु भएको छ भने यसको साइटबाट नै तपाईँले प्रि-अर्डर गर्न सक्नुहुन्छ । यद्यपी तपाईँले अर्डर गरिसक्नुभएको निर्णय उल्टाउन पनि सक्नुहुन्छ, किन्नैपर्ने बाध्यता छैन ।
Galaxy Z Flip 5 र Galaxy Z Fold 5
यो वर्ष सामसुङले Galaxy Z Flip 5 र Galaxy Z Fold 5 घोषणा गर्नेछ र पछिल्लोको बाहिरी डिसप्ले अझै ठूलो हुने अनुमान गरिएको छ । फोन फोल्ड गरेर बन्द गरेपछि पनि तपाईँले टेक्स्ट पठाउने लगायतका कतिपय कामहरू गर्न सक्ने अनुमान छ ।

गूगलले यसको कभर स्क्रिनमा Maps, Messages र YouTube जस्ता चर्चित अ्यापहरूको कि (key) राख्ने अपुष्ट खबरहरू पनि आएका छन् ।
दुबै फोनमा “वाटरड्रप” हिन्जको प्रयोग गरेर फोल्ड गर्दा ग्याप कम हुने, प्रोफाइललाई पातलो बनाउने, डिसप्ले क्रिजिङ कम गर्ने, धुलो कम गर्ने लगायतका प्रविधि पहिलोपटक प्रयोग गरिएका छन् । दुबै खल्तीमा मजाले अटाउनेछन् ।
Flip 5 को मेन र अल्ट्रावाइड क्यामरा १२ मेगापिक्सल हुनेछ भने Fold 5 को प्राइमरी ५० एमपि, अल्ट्रावाइड १२ एमपि र टेलिफोटो शुटर १० एमपि हुनेछ । दुबै फोन अगस्टको मध्यसम्ममा बजारमा आइसक्ने अनुमान छ ।
Galaxy Tab S9
विनफ्युचरका अनुसार यसपालि सामसुङले नयाँ ट्याबलेटहरू पनि सार्वजनिक गर्छ । उसले नयाँ ट्याबलेटका फोटोहरू समेत सार्वजनिक गरेको थियो । यसमा Galaxy Tab S9 मूख्य आकर्षणको रूपमा रहनेछ ।

यद्यपी यसका पनि विभिन्न भर्जनहरू हुनेछन् । जस्तै बेस भर्जन, प्लस भर्जन र अल्ट्रा एडिशन । तिनवटैले Snapdragon 8 Gen 2 चिपसेट प्रयोग गर्नेछन् । तिनवटैमा ओलेड प्यानल हुनेछ ।
हुन त यो ट्याबलेट पनि हेर्दा धेरै हदसम्म यसअघिका सामसुङ ट्याबलेटजस्तै हुनेछ तर यसको क्यामरा ५० एमपिको हुनेछ जुन Galaxy S23 फोनहरूबाट प्रभावित छ ।
Galaxy Watch 6
स्वभावत: यसपालि सामसुङले Galaxy Watch 6 घोषणा गर्ने अनुमान गरिएको छ किनकी पछिल्ला वर्षहरूमा सामसुङले यस्ता वाचहरू सार्वजनिक गरिरहेको छ । यद्यपी निकै कमले मात्रै Galaxy Watch 6 आउने बारे चर्चा गरेका छन् ।

यसका विभिन्न विशेषता सहितको दाबी सहित एउटा चुहावट भएको थियो जसानुसार यसको ओलेड डिसप्ले, नयाँ चिपसेट र ठूलो साइजको घडी हुनेछ । साथै यसको ब्याट्री पनि ठूलो हुनेछ र विस्तारै ब्लड ग्लुकोज निरिक्षण गर्ने कुरा पनि थप्ने अनुमान छ ।
Samsung mixed reality headset
माथि नै भनिसकियो कि सामसुङले भिआर वा एमआर हेडसेटको बारेमा घोषणा गर्ला कि नगर्ला भन्ने सर्वत्र चासो छ भनेर । तर यति चाँडै नै सामसुङले त्यो स्तरको उपलब्धि हाँसिल गरिसकेको छैन भन्ने सुरक्षित अनुमान गर्नु राम्रो हुन्छ ।
यद्यपी क्वालकम र गूगलका कार्यकारीहरूले फेब्रुअरी महिनामा सामसुङसँग संवादमा जोडिदै एकिकृत रूपमा नयाँ एमआर प्ल्याटफर्मको लागी सहकार्य गर्नेबारे धारणा राखेका थिए । शायद योभन्दा पछिको अर्को कार्यक्रममा यसबारे ठोस धारणा राख्ला सामसुङले ।
Galaxy S23 FE
सामसुङले अहिले नै Galaxy S23 FE ल्याउला भनेर धेरैले पत्याएका छैनन् तर योबारे थोरै भए पनि सामसुङले केहि सङकेत दिनेमा भने थुप्रैले आशा गरेका छन् । जे होस् Galaxy S23 को लहरमा FE मोडलले पनि साथ दिनेमा प्राय: सबै एकमत छन् ।

कतिपयले चाहिँ सामसुङले Galaxy S23 FE को यसपालि प्रिभ्यु गर्ने कुरा पनि अनुमान गरेका छन् भने कतिपयले भने यो कहिल्यै नआउने बरू अन्य मोडलको बारेमा सामसुङले सोचिरहेको पनि बताएका छन् ।