
कहिलेकाहिँ हामीले केहि कारणबस कल उठाउन सक्दैनौ वा फोन साइलेन्ट हुन्छ र कल आएको थाहा हुदैन। त्यस्तो हुदा हामीले कल गर्ने व्यक्तिले भन्न चाहेको कुराहरु पनि थाहा पाउदैनौ। त्यस्तै फोन स्विचअफ हुने, कल नउठ्ने वा नेटवर्क नटिप्ने जस्ता समस्या त सामान्य हो। तर कहिलेकाहिँ यी समस्याहरुले गर्दा सम्बन्धित व्यक्ति संग समयमै सूचना पुग्दैन। व्यक्तिसँग समयमै कुरा गर्न नसक्दा र उनीहरूलाई दिन चाहेको जानकारी समयमै दिन नसक्दा कुराहरु थप जटिल र गलत अर्थ लाग्ने हुन सक्छ।
यही कुराहरुलाई मध्यनजर गर्दै भ्वाइसमेल सुबिधा आएको हो। भ्वाइसमेल सर्भिस नेपाल भन्दा बाहिर सिम अपरेटरले नै दिने गर्छन तर दुःखको कुरा, नेपालमा भने कुनै पनि टेलिकम अपरेटरले यो सर्भिस दिएको छैन। आइफोनले भने हालै आफ्नो आईओएस १७ मा लाइभ भ्वाइसमेल सुविधा समावेश गरेको छ। यदि तपाईसंग आफ्नो आइफोनमा नया आईओएस १७ छ भने लाइभ भ्वाइसमेल प्रयोग गर्न सक्नुहुन्छ।
आज यस लेखमा हामी तपाईहरुलाइ लाइभ भ्वाइसमेल के हो र यसको प्रयोग आइफोनमा कसरी गर्ने भनेर सिकाउने छौँ। यो आर्टिकल अन्त्य सम्म पढ्नु होला।
लाइभ भ्वाइसमेल के हो ?
सामान्य भाषामा लाइभ भ्वाइसमेल के हो भनेर बुझ्नु पर्दा यो एक म्यासेज रेकर्ड गर्ने प्रणाली हो। यहाँ तपाईले केहि कारणबस कल नउठाएको बेला कल गर्ने व्यक्तिले हजुरलाई छोटो सन्देश रेकर्ड गरेर पठाउन मिल्छ। जसले गर्दा तपाईंले त्यो रेकर्ड गरेर पठाएको म्यासेज आफ्नो फुर्सदमा वा लाइव पनि सुन्न सक्नुहुन्छ। अर्थात् लाइव भ्वाइसमेल फोनको जवाफ दिन उपलब्ध नभएको व्यक्तिहरूसँग आफ्नो कुराहरु राख्ने सजिलो माध्यम हो।
लाइभ भ्वाइसमेलको फाइदा भनेको तपाईले केहिँ कारणले कल रिसिव गर्न नसकेको बेला व्यक्तिले किन कल गरिरहेको छ भनेर जान्न सकिन्छ। यहाँ तपाइले कल नउठाएको बेलामा पनि कसैसंग अपोइन्टमेन्ट लिनु पर्ने छ भने अथवा कुनै पनि आपतकालीन स्वास्थ्य समस्या जस्तै महत्त्वपूर्ण म्यासेजहरु पाउनु सक्नुहुन्छ।
यो पनि पढ्नुहोस्ः
- ‘पोको एमसिक्स प्रो’ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
- आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक सामसङ्ग जेड फोल्ड फाइभ
- प्रि-बूकिंगको लागि उपलब्ध सामसङ्ग जेड फ्लिप फाइभ: मूल्य एक लाख चालीस हजार
- आउँदै गरेको आइफोन १५को बारेमा हामीलाई थाहा भएको सबै कुरा
लाइभ भ्वाइसमेल कसरि प्रयोग गर्ने ?
आइफोनले यस फिचरलाई अझै सुविधाजनक बनाउन, भ्वाइसमेल तपाईंको फोनमा छोडिए पछि मात्र होइन कि ट्रान्सक्रिप्शन मार्फत लाइव पनि हेर्न मिल्ने छ। यसो हुदा कल गर्ने व्यक्तिले बोल्दै गरेको कुरा लाइभ भ्वाइसमेलले स्क्रिनमा के भनिरहेको छ भनेर देखाउछ। त्यसपछि, तपाई कल उठाउने वा भ्वाइस मेल नै चल्न दिने भन्ने निर्णय गर्न सक्नुहुन्छ।
यसलाई प्रयोग गर्न निम्नलिखित स्टेपहरु हेर्नुहोस्ः
स्टेप १ : आइफोन को Settings भित्र जानुहोस।
स्टेप २ : Settings पेजमा प्रवेश गरेपछि तल स्क्रोल गर्नुस, त्यहा फोन एप्प लेखिएको देख्नुहुनेछ। त्यसलाई क्लिक गर्नुहोस्।

स्टेप ३ : अब फेरी तल स्क्रोल गरेर लाइभ भ्वाइसमेल लेखिएको देख्नुहुनेछ। त्यहाँ क्लिक गर्नुहोस्।
स्टेप ४ : लाइभ भ्वाइसमेल लेखिएको ठाउँको साइडमा टगल देख्नुहुनेछ, त्यहाँ ट्याप गर्नुहोस्।

यति गरी सकेपछि तपाईको आइफोनमा लाइभ भ्वाइसमेल अन हुन्छ। अब कल आउँदा आफ्नो फोन हेर्नु भयो भने पहिला “Waiting” लेखिएको देख्नुहुनेछ। केही समय पछि एउटा भ्वाइस नोट प्ले हुन्छ र त्यो अडियो सन्देशको प्रत्यक्ष ट्रान्सक्रिप्सन पनि स्क्रीनमा हेर्न मिल्छ। अब तपाइले त्यो लाइभ भ्वाइसमेल सुनेर कल महत्त्वपूर्ण भए उठाउन पनि सक्नु हुन्छ अथवा पछि फुर्सदमा कल गर्न पनि सक्नु हुन्छ।