ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ सञ्चालनमा, एक्सपेरियन्स स्टोरसहित उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

chynabazar

काठमाडौं — नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्पनीले चीनका उत्पादकबाट प्रत्यक्ष सामान खरिद गरी आफ्नै ढुवानी, भण्डारण तथा वितरण प्रणालीमार्फत नेपाली उपभोक्तासम्म पुर्‍याउने मोडेल अपनाएको जनाएको छ।

नेपालमा आयातित वस्तुहरू सामान्यतया आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन्। यस प्रक्रियाले वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा अनिश्चितता सिर्जना हुने गरेको छ।

चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुती श्रेष्ठका अनुसार कम्पनीको उद्देश्य उपभोक्तालाई सहज, छिटो र सुलभ सेवासहित गुणस्तरीय वस्तु पारदर्शी मूल्यमा उपलब्ध गराउनु हो।

उत्पादकबाट सिधै उपभोक्तासम्म

श्रेष्ठका अनुसार चाइनाबजारले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ। त्यसपछि आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याएर कम्पनीकै गोदाममा भण्डारण गरिन्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्‍याइन्छ।

यसरी स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोटो हुने, साथै मूल्य पारदर्शी र प्रतिस्पर्धी रहने कम्पनीको दाबी छ।

प्रारम्भिक चरणमा यी सामग्री उपलब्ध

‘Enjoy Your Shopping’ नारासहित सञ्चालनमा आएको चाइनाबजारले प्रारम्भिक चरणमा निम्न श्रेणीका सामग्री उपलब्ध गराउने जनाएको छ–

  • विद्युतीय सामग्री
  • फेसन सामग्री
  • लाइफस्टाइल उत्पादन
  • स्वास्थ्य तथा सौन्दर्य सामग्री

कम्पनीका अनुसार आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिनेछ।

आफ्नै गोदाम र वितरण प्रणाली

कम्पनीले आफ्नै गोदाम तथा वितरण प्रणालीका कारण ग्राहकलाई छिटो र भरपर्दो सेवा उपलब्ध गराउन सकिने जनाएको छ।

सीईओ श्रेष्ठका अनुसार नेपालको डिजिटल अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेका बेला चाइनाबजारले उपभोक्ताको विश्वास जित्ने अपेक्षा गरिएको छ।

उहाँले भन्नुभयो,

“आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्ना अफलाइन रिटेल एक्सपेरियन्स स्टोरहरूको सञ्जाल विस्तार गर्ने योजना छ।”

गुण कम्प्लेक्समा पहिलो एक्सपेरियन्स स्टोर

चीनका उत्पादक र नेपाली उपभोक्ताबीच प्रत्यक्ष व्यापारिक पहुँच स्थापित गर्ने उद्देश्यसहित चाइनाबजारले गुण कम्प्लेक्समा आफ्नो पहिलो एक्सपेरियन्स स्टोर सञ्चालनमा ल्याएको छ।

यो अफलाइन रिटेल स्टोरमार्फत ग्राहकले सामान प्रत्यक्ष हेर्न, अनुभव गर्न तथा खरिद गर्न सक्नेछन्।

कम्पनीले पहिलो चरणमै वीरगञ्जभैरहवामा पनि एक्सपेरियन्स स्टोर विस्तार गर्ने योजना रहेको जनाएको छ। त्यसपछि देशका अन्य प्रमुख सहरमा समेत यस्ता स्टोर सञ्चालन गरिने कम्पनीको लक्ष्य छ।

डिजिटल भुक्तानी सुविधा

चाइनाबजारबाट खरिद गरिएका सामग्रीको भुक्तानी ग्राहकले इसेवाखल्तीमार्फत डिजिटल रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.