
शाओमीले यहि भदौ ११ गते आफ्नो “प्याड ६” नेपाली बजारमा सार्वजनिक गरेको छ। उक्त प्याड शाओमीले हिजाे मध्यान्ह १२ बजे देखि दराज मार्फत खरिद गर्नको लागि उपलब्ध गराएको थियो। यस लेखमा शाओमी प्याड ६ को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने यसकाे मुल्यको (Xiaomi Pad 6 Price in Nepal) बारेमा समेतमम बताउने छौ।
‘शाओमी प्याड ६’ विस्तृतमा:
शाओमी प्याड ६ को डिजाइनको बारेमा कुरा गर्नुपर्दा, यहाँ मेटल युनिबडी र स्क्वायर एज दिएको छ। साथै यो प्याड ब्ल्याक, ब्लू र गोल्ड गरी जम्मा तिनओटा कलर अपशनहरुमा उपलब्ध छ। यस्तै यसको तौल भने जम्मा ४९० ग्राम र मोटाई ६.५१ मिलिमिटर रहेको छ।
यसबाहेक यसको डिस्प्लेको कुरा गर्दा यहाँ ११ इन्चको आईपीएस एलसीडी प्यानल, १४४ हर्ज़ रिफ्रेस रेट, २४० हर्ज़ सम्मको टच स्यम्प्लिंग रेट र ५५० निट्सको ब्राइटनेस जस्ता फिचरहरु दिएको छ। साथै यसमा भएको Dolby Vision.Atmos प्रबिधिले भिडिओ हेर्नेकाे लागि अझ राम्रो अनुभव प्रदान गर्छ । यस संगै यसमा डिस्प्लेलाई क्षतिबाट जोगाउन कोर्निङ गोरिल्ला ग्लास प्रयाेग गरिएको छ।

यसमा पर्फमेन्सकाे लागि भने ७ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको “स्न्यापड्रागन ८७०” चिपसेट प्रयाेग भएको छ। उक्त चिपसेटमा हाई परफॉर्मेंस टास्क, मल्टिटास्किङ र गेमिङ जस्ता गहन कार्यहरू सजिलै गर्नको लागि भनेर ३.२ गिगाहर्ट्जमा क्लक गरिएको एउटा Kryo 585 कोर, २.४२ गिगाहर्ट्जमा क्लक गरिएको तिनओटा Kryo 585 कोर र १.८० गिगाहर्ट्जमा क्लक गरिएको चारवटा Kryo 585 कोरहरू समावेश गरिएको छ। साथै यो प्याड एड्रेनो ६५० जिपियु संग आउँछ, जसले गेमिङ र ग्राफिक्स जस्ता गहन कार्यहरुको रेन्डरिङ्ग सजिलो बनाउँछ।
यो पनि पढ्नुहोस्ः
- ६४ मेगापिक्सल भएको “टेक्नो क्यामन २०” स्मार्टफोन नेपालमा छिटै आउदै
- टेक्नो फ्यान्टम भी फोल्ड”: नेपालमा अहिले सम्मकै सस्तो फोल्डेबल फोन भएर आउन सक्ने
- अन्तत: आइफोन १५मा टाइप-सी पोर्ट र ३५ वाटसम्मको फास्ट चार्जिङ आउँदै

क्यामेराको कुरा गर्दा यसको डिजाइन भने “Xiaomi 13 Pro” संग मिल्न जान्छ। त्यस्तै यहाँ १३ मेगापिक्सलको सिंगल क्यामेरा सेटअप र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ। यस संगै प्याडमा एनड्रोइड १३ को अपरेटिङ सिस्टम र MIUI Pad 14 को युजर इन्टरफेस दिएको छ। यसबाहेक यस प्याडमा ८८४०mAh को ब्याट्रि, ३३ वाट चर्जिङ्ग सपोर्ट दिएको छ। यस्तै यो प्याड ६/८ जीबी र्याम र १२८/२५६ जीबी स्टोरेज गरि दुइओटा भेरियन्टमा आउछ।

यो पनि पढ्नुहोस्ः
- आईफाइभ प्रोसेसर भएको अनरको “म्याजिकबुक एक्स १४” सोमबारदेखि खरिदको लागि उपलब्ध
- एनसेल र नेपाल टेलिकममा ब्यालेन्स चेक र रिचार्ज गर्ने तरिका फेरियो, अब एउटै कोडले काम गर्ने
- ह्वाट्सएपमा उच्च रिजोल्युसन फोटोहरू कसरी पठाउने
शाओमी प्याड ६ को बिशेषता (Specifications):
डिस्प्ले (Display) | ११ इन्च आईपीएस एलसीडी, १४४ हर्ज़ रिफ्रेस रेट, ५५० निटस ब्राइटनेस, २४० हर्ज़ सम्मको टच स्यम्प्लिंग रेट |
रिजोलुशन (Resolution) | २८८० x १८०० पिक्सल, ~३०९ पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | स्न्यापड्रागन ८७० (७ एनएम) |
जिपियु (GPU) | एड्रेनो ६५० |
ओएस र युआई (OS and UI) | एनड्रोइड १३ (MIUI Pad 14) |
ब्याक क्यामेरा (Back Camera) | १३ मेगापिक्सल, f/२.२ (वाइड) |
फ्रन्ट क्यामेरा (Front Camera) | ८ मेगापिक्सल, f/२.२ |
मेमोरी र स्टोरेज (Memory and Storage) | ६/८ जीबी र्याम र १२८/२५६ जीबी स्टोरेज |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | ८८४०mAh ब्याट्रि, ३३ वाट चर्जिङ्ग |
कलर अपशन (Color Options) | ब्ल्याक, ब्लू र गोल्ड |
मूल्य (Xiaomi Pad 6 Price in Nepal)
शाओमी प्याड ६ को ६ जीबी र्याम र १२८ जीबी स्टोराज भएको भेरियन्टको आधिकारिक नेपाली मूल्य रु. ३९,९९९ रहेको छ। शाओमीले प्याड ६ संगै एस्सेसरीज जस्तै “Xiaomi Smart Pen 2nd Gen” र “Pad 6 Keyboard” पनि सार्बजनिक गरेको हो, उक्त एक्सेसरीजको मूल्य नेपालमा क्रमशः रु. ९,९९९ र रु. ८,४९९ रहेको छ।
शाओमी प्याड ६ | नेपालमा मुल्य (Xiaomi Pad 6 Price in Nepal) |
६/१२८ जीबी | रु ३९,९९९ |
८/२५६ जीबी | रु ४३,९९९ |
- यी कुरालाई च्याट जिपिटि प्रयोग नगर्नुस: