
एप्पलले हालै विश्वव्यापी रूपमा आफ्नो नयाँ आइफोन १५ सिरिज सार्वजनिक गरेको थियो । यी सिरिज अन्तर्गत पर्ने आइफोन १५ प्रो नेपाली बजारमा आधिकारिक रूपमा खरीदको लागि उपलब्ध भएको छ। आज यस लेखमा हामी आईफोन १५ प्रो को स्पेसिफिकेशन र फिचरहरू संगै यसको नेपालमा पर्ने मूल्यको (iPhone 15 Pro Price in Nepal) बारेमा पनि छलफल गर्नेछौं।
‘आइफोन १५ प्रो’ विस्तृतमा:
आइफोन १५ प्रो को डिजाइन हेर्दा पुरानो आइफोन १४ प्रो संग मिल्दो जुल्दो देखिन्छ। एप्पलले फोनलाइ केहि फरक बनाउन बोर्डर्सहरु पहिलाको भन्दा थोरै पातलो बनाएको छ र ग्रेड ५ रेटिङ भएको टाइटेनियम फ्रेम प्रयोग गरेको छ। त्यस्तै अर्को ठुलो परिवर्तन भनेको म्यूट स्विच भएको ठाउँमा ह्याप्टिक फिडब्याक भएको सोलिड-स्टेट “एक्शन बटन” राखिएको छ। यस्तै डाइमेन्सन र तौलको कुरा गर्दा फोनको उचाइ १४६.६ एमएम, चौडाइ ७०.६ एमएम र मोटाई ८.२५ एमएम छ भने वजन १८७ ग्राम रहेको छ। एप्पलले यो पाली फोनमा ब्ल्याक टाइटेनियम, ह्वाइट टाइटेनियम, ब्लू टाइटेनियम, न्याचुरल टाइटेनियम गरि पाँचओटा कलर अपशनहरु दिएको छ।

यस्तै डिस्प्लेमा भने, २५५६ x११७९ पिक्सल रेजुलुशनको साथ ६० हर्ज़को रिफ्रेस रेट र २००० निट्स सम्मको ब्राइटनेस भएको ६.१ इन्चको OLED सुपर रेटिना XDR डिस्प्ले देख्न सकिन्छ। साथै आइफोन १५ प्रो ले HDR10 सपोर्ट पनि गर्दछ, जसले कलर र कन्ट्रास्टलाई इन्हेस गराएर भिजुअल एक्सपेरियन्स राम्रो बनाउछ। साथै फोनलाई पानी र धुलोबाट बचाउन एप्पलले यहाँ आपी६८ रेटिङ दिएको छ।
एप्पलले आफ्नो १५ प्रो मोडलहरुमा नयाँ ए१७ प्रो बायोनिक चिपसेट जडान गरेको छ। यो सिलिकन चिपचेट ३ एनएम प्रक्रिया प्रविधिमा निर्मित हेक्सा-कोर आर्किटेक्चर भएको प्रोसेसर हो, जहाँ ३.७८ गिगाहर्ट्जमा क्लक गरिएको दुइवटा हाई पर्फमेन्स कोर र २.११ गिगाहर्ट्जमा क्लक गरिएको चारवटा एफिसेन्सी कोरहरु रहेको छ। एप्पलको अनुसार ए१६ बायोनिकको तुलनामा ए१७ प्रो को जिपियु २०% सुधारिएको छ। स्टोरेजमा भने एप्पलले १२८/२५६/५१२ जीबी र १ टीबी गरि चारओटा भेरियन्टहरु उपलब्ध गराएको छ।

यस्तै क्यामेराको कुरा गर्दा, यहाँ f/१.८ एपर्चरका साथ सेन्सर-शिफ्ट OIS (अप्टिकल इमेज स्टेबिलाइजेसन) भएको ४८ मेगापिक्सलको प्राइमरी सेन्सर दिएको छ। साथै f/२.८ एपर्चरको साथ 3x अप्टिकल जूम प्रदान गर्न सक्ने १२ मेगापिक्सलको टेलिफोटो लेन्स र १२०-डिग्री फिल्ड अफ भ्यू भएको १२-मेगापिक्सल अल्ट्रावाइड लेन्स पनि समावेश गरिएको छ। यसबाहेक फोनमा फोटोको गहिराई र सटीकता बढाउन TOF थ्रीडी LIDER स्क्यानर पनि जडान गरिएको छ। यस्तै गरी सेल्फी र भिडियो कलहरूको लागि अगाडी पञ्च-होल डिजाइनमा एउटा ८ मेगापिक्सल फ्रन्ट क्यामेरा दिएको छ।

यस्तै अन्य आइफोन १५ सिरिजहरुमा जस्तै आइफोन १५ प्रो मा पनि लाइटनिङ पोर्टको सट्टा टाइप-सी पोर्ट जडान भएको देख्न सकिन्छ। यहाँ एप्पलले प्रो मोडलहरुमा USB-३ सपोर्ट दिएको छ, जसले गर्दा डेटा ट्रान्सफर २० गुणा छिटो हुने छ। ब्याट्री लाइफ भने एप्पलले दाबी गरे अनुसार, १५ प्रो ले एक चार्जमा २३ घन्टासम्मको भिडियो प्लेब्याक टाइम प्रदान गर्न सक्छ। यस्तै गरी फोनमा वाइफाई ६ ई, ब्लुटुथ ५.३, डुअल- फ्रिक्वेन्सी जिपिएस, फेस आईडी जस्ता अन्य थुप्रै फिचरहरु रहेको छ।
“आइफोन १५ प्रो” को बिशेषता:
डिस्प्ले (Display) | ६.१ इन्च OLED, सुपर रेटिना XDR, १२० हर्ज़ रिफ्रेस रेट |
रिजोल्युसन(Resolution) | २५५६ x ११७९ पिक्सल, ~४६० पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | ए१७ प्रो बायोनिक (३एनएम) प्रोसेसर, ६ CPU कोर + ६ GPU कोर, १६-कोर न्यूरल इन्जिन |
ओएस (OS) | iOS 17 |
क्यामेरा (Camera) | ४८ मेगपिक्सल f/१.७८, २४एमएम (वाइड), सेन्सर-शिफ्ट OIS १२ मेगपिक्सल f/२.२, १३एमएम, (अल्ट्रावाइड) १२ मेगपिक्सल f/२.८ ३x अप्टिकल जूम टेलिफोटो |
फ्रन्ट क्यामेरा (Front Camera) | १२ मेगपिक्सल f/१.९, २३एमएम (वाइड) |
मेमोरी र स्टोरेज (Memory and Storage) | १२८/२५६/५१२ जीबी १ टीबी स्टोरेज |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | २३ घण्टा सम्मको भिडियो प्लेब्याक , २०वाट Type-C वायर्ड, १५W वायरलेस (MagSafe), 7.5W वायरलेस (Qi) |
कलर अपशन (Color Options) | ब्ल्याक टाइटेनियम, ह्वाइट टाइटेनियम, ब्लू टाइटेनियम, न्याचुरल टाइटेनियम |
नेपालमा मूल्य र उपलब्धता (iPhone 15 Pro Price in Nepal and Availability)
आइफोन १५ प्रो को १२८ जीबी भएको भेरियन्टको मूल्य नेपालमा रु १,९५,४९९ तोकिएको छ भने यसलाई नेपालमा एप्पलको आधिकारिक खुद्रा विक्रेताहरु मार्फत खरिद गर्न सकिन्छ।
आइफोन १५ प्रो | नेपालमा आधिकारिक मुल्य ( iPhone 15 Pro Price in Nepal) |
१२८ जीबी | रु १,९५,५०० |
२५६ जीबी | रु २,१४,५०० |
५१२ जीबी | रु २,५३,५०० |
यो पनि पढ्नुहोस्ः
- “आईफोन १५” अब नेपालमा प्रि-अर्डरको लागि उपलब्ध, कति होला मूल्य ?
- वनप्लस प्याड गो: “मिडियाटेक हेलियो जी९९ प्रोसेसर भएको वनप्लसको नयाँ बजेट ट्याब्लेट सार्वजनिक”
- “पिक्सल ८”: ७ वर्षको ओएस अपडेटको साथ सार्वजनिक भयो गुगलको नयाँ फ्ल्यागशीप स्मार्टफोन
- मेड बाई गुगल २०२३: पिक्सल ८ र पिक्सल वाच २ लन्च इभेन्ट लाइभ कसरी हेर्ने
- “गुगल पिक्सल ८ प्रो” बारे हामीलाई थाहा भएको सबै कुरा
- प्रि-बूकिंगका लागि उपलब्ध अल्टिमा वाच म्याजिक प्रो