
अब सझिलै “मेरो ज्योतिष” एपबाट कुण्डली बनाउन मिल्ने
ज्योतिषसँग सम्बन्धित विभिन्न कुराहरुको लागि अब “मेरो ज्योतिष” एपमा गएर हेर्न सकिने भएको छ । कम्पनीका अनुसार विशेष गरेर ज्योतिष कार्यमा संलग्न र यसमा रुचि राख्ने वा अध्ययन गर्नेहरूलाई ध्यानमा राखेर यो अयाप बनाइएको हो । यहा वैदिक ज्योतिष शास्त्रलाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउनुका साथै यो एपमा एउटा ज्योतिषलाई चाहिने सबै कुराहरू देख्न सकिन्छ ।
अयाप्को बिशेषता:
“मेरो ज्योतिष” एपलाइ एक पटक डाउनलोड गरि सकेपछि यस एपबाट धेरै कुण्डली बनाउन सकिन्छ र यसकै लागि भनेर हामीले छुट्टै अकाउन्ट भने बनाइ राख्न पर्दैन।
यो एपमा अन्य ज्योतिष एपको तुलनामा बढी फिचरहरु दिएको पाईन्छ । जस्तै यहा पञ्चाङ्ग र मुहूर्त, कुण्डली, कुण्डली मिलान, राशिफल, सपनाफल, नेपालि पात्रो, मिति परिवर्तन, घडीपला, हनुमान, घरजग्गा प्रश्नावली, मन्त्र लगायत धेरै फिचर रहेका छन् ।

चिना बनाउनको लागि मेरो ज्योतिष अयाप खोलिसके पछि होमपेज देखिन्छ। अब कुण्डली भित्र गई सम्बन्धित व्यक्तिको पुरा विवरण जसमा नाम, मिति समय र स्थान लगाएत त्यहा सोधिएका कुराहरु भरिसके पछि यो एपले आधिकारिक कुण्डली बनाईदिन्छ।

भने यसमा दैनिक, मासिक र वार्षिक गरी तीन प्रकारको राशिफल हेर्न सकिन्छ ।

यसमा मन्त्र अन्तर्गत नौ ग्रहकै मन्त्रहरु राखिएको छ

त्यस्तै यो एपको यूजर इन्टरफेस भने निकै सामान्य छ। यो एप कुण्डली बनाउनका लागि साथै दैनिक, मासिक र बार्षिक राशिफल हेर्नका लागि प्रयोग गर्न सकिन्छ । हाल यस एपको एनड्रोईड र आईओएस दुवैमा गरी एक लाख बढी पटक डाउनलोड गरिएको छ भने यसको यूजरहरु एनड्रोईडमा ३५ हजार रहेका छन् भने आईओएसमा ८ हजार बढी रहेका छन्।
निस्कर्ष:
“मेरो ज्योतिष” एपको प्रयोगकर्ताहरु बढोक्रममा रहेको बेला यो एपको यूजर इन्टरफेस सुधार्दै लग्न सके प्रयोगकर्तालाई थप सहज हुन सक्छ।