
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध रूपमा प्रयोग हुने ‘ग्रे’ फोनलाई नियन्त्रण गर्ने उद्देश्यका साथ यहि २०८० जेठ १५ गते नेपालमा मोबाइल डिभाइस व्यवस्थापन प्रणाली (एमडीएमएस) लागू गरेको थियो। प्राधिकरणले अनिवार्य रुपमा एमडीएमएसमा फोन दर्ता गर्नु पर्ने कडा नियम बनाएको छ, अर्थात् नेपालमा जुनसुकै नेटवर्कमा सञ्चालित सबै फोनको आईएमईआई नम्बर प्रणालीमा दर्ता हुनुपर्नेछ।
ति नियमहरु पालना गर्दै हामी धेरैले आफ्नो फोन MDMS (एमडीएमएस) मा दर्ता गरेका पनि छौँ। तर आईएमईआई नम्बर प्रणालीमा दर्ता गरिसकेपछि के हुन्छ वा यसबाट हुने फाइदा को हो भन्ने जिज्ञासा हामीमध्ये धेरैलाई हुन सक्छ। आज यस लेखमा हामी तपाइँलाई एमडीएमएस मा दर्ता भएको फोन कसरि फेला पार्ने भन्ने जानकारी दिदै छौँ ।
हराएको फोन कसरी फेला पार्ने
तपाई आफुले अथवा तपाइको साथी भाइको फोन हराएको खबर त पक्कै पनि सुन्नु भएकै छ होला। नेपालमा फोन हराउनु वा चोरी हुनु सामान्य हो तर फोन फेला पार्नु असामान्य। एक फेरा हराएको फोनहरु फेरी फेला पर्नु गाह्रो छ।
प्राय हराएको फोन भेटिएको कुरा हामी विरलै सुन्छौँ। र फोन हराउदा हामी सबै भन्दा सुरुमा जाने ठाउँ भनेकै प्रहरी चौकी हो। तर एमडीएमएसमा दर्ता भए पछि फोन हराएको छ भने हामी कतै जानु पर्दैन। यसको मतलब यो होइन कि तपाईको चोरी भएको फोन आफै तपाईकै घरमा आउनेछ। केहि प्रक्रिया अपनाएर, तपाईले आफ्नो चोरी भएको फोन पत्ता लगाउन यो प्रविधिको फाइदा लिन सक्नुहुन्छ।
यो पनि पढ्नुहोस्ः
- नेपालमा भित्रने फाेनहरूकाे संख्यामा अहिले सम्मकै उच्च गिरावट
- नेपालमा फोनको ग्रे मार्केट किन बढ्यो? MDMS ले ग्रे फोन आयात कसरी कम गर्छ?
- नेपालमा सार्वजनिक हुँदै ‘नथिङ फोन टु’, कति होला मूल्य ?
MDMS मार्फत हराएको फोनलाई कसरी फेला पार्ने (Find Your Lost/Stolen Phone via MDMS)
स्टेप १ : NTA को MDMS वेबसाइटमा रहेको “Lost and Stolen Registration Portal“ मा जानुहोस्।
स्टेप २ : यस पेजमा तपाईँहरुले आफ्नो फोनको IMEI नम्बर, मोबाइलमा प्रयोग गरिएको फोन नम्बर, फोनको ब्रान्ड , मोडल, फोन हराएको ठाउँ र मितिहरु जस्ता सबै बिबरण भर्नु होस्।
Note : IMEI नम्बर 15-17-अंकको कोड हो जुन मोबाइल खरिद गर्दाको बक्समा स्टिकरमा हेर्न सक्नु हुन्छ अथवा फोनमा *#06# डायल गरेर पनि थाहा पाउन सक्नु हुन्छ।

स्टेप ३ : सबै विवरणहरु राखी सके पछि, तल Validate IMEI and Continue लेखिएको देख्नुहुनेछ। त्यहाँ क्लिक गर्नुहोस्।
स्टेप ४ : यति गर्नुभएपछि तपाईँहरुले आफ्नो इमेल आईडी राख्ने ठाउँ देख्नु हुन्छ। त्यहाँ आफ्नो इमेल राखेर OTP को लागि अनुरोध गर्न सक्नु हुन्छ।
स्टेप ५ : OTP राखी सके पछि, तल Validate Email and Continue लेखिएको देख्नुहुनेछ। त्यहाँ क्लिक गर्नुहोस्।

स्टेप ६ : येति गरे पछि तपाइले नया फारम देख्नु हुन्छ। त्यहाँ तपाइले आफ्नो नाम, थर, नागरिकता नम्बर जस्ता व्यक्तिगत जानकारी भर्नु पर्ने हुन्छ। यी सबै प्रक्रियाहरु गरिसक्ये पछि तल देखिएको NEXT बटनमा क्लिक गर्दिनुस।

स्टेप ७ : क्लिक गरे पछि नया पेज ओपेन हुन्छ जसको तल Submit Form लेखेको बटन देख्न सक्नु हुन्छ। त्यहाँ क्लिक गर्नुस। आब तपाईको हराएको वा चोरी भएका मोबाईल खोजि कार्य सुरु हुन्छ।

सबै भन्दा पहिले त NTA ले MDMS मार्फत तपाइको हराएको फोनेलाई कालो सुचीमा राखिदिन्छ, जस्ले गर्दा उक्त फोनमा कुनै पनि नेटवर्क सेवाहरु उपयोग गर्न मिल्दैन। तस्तै कालोसूचीमा राखिएको फोनमा सेल टावरमा जडान हुने बितिकै, फोनको लोकेशन दूरसंचार नियामक kaha pugxa। त्यसपछि टेलिकम नियामकले फोनको मालिकलाई सम्पर्क गर्नेछ।
खोजि प्रक्रियाको स्थिति जाँच गर्ने
यस्तै दर्ता गरिसके पछि फोन खोजि कार्यको बारेमा थप जानकारी पाउन माथिको Check Lost/Stolen Status मा क्लिक गरेर हेर्न सक्नु हुन्छ। उक्त बटनमा क्लिक गरे पछि तपाई Check Lost/Stolen Status को होम पेज भित्र प्रवेश गर्नु हुन्छ।

त्यहाँ आफ्नो फोनको IMEI नम्बर राखेर मोबाईल खोजि प्रक्रियाको स्थिति हेर्न सक्नु हुन्छ। र यदि फोन हजुरको कहिँ कतै बाट भेट्नु भयो भने यहि बाट खिजो कार्य रद्द गर्न पनि सक्नु हुन्छ।