
नेपालमा भित्रिदै आएको मोबाइल फोनहरुको संख्यामा अहिले सम्मकै उच्च गिरावट देखिएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांक अनुसार, यो आर्थिक वर्ष २०७९/८० मा आएको गिरावट हालसम्मकै उच्च रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा नेपालमा मोबाईल आयात १६ अर्ब रुपैयाँले घटेको छ। तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्ष २०७८/७९ मा करिब ४० अर्ब ८९ करोड रुपैयाँमा ५७ लाख ६३ हजार थान स्मार्टफोनहरु नेपालमा आयात भएका थिए । जसबाट सरकारले ६ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
तर यो आर्थिक वर्ष २०७९/८० मा करिब २४ अर्ब ३९ करोड रुपैयाँमा १५ लाख ५९ हजार थान स्मार्टफोनहरु नेपालमा आयात भएका छन् । उक्त आयातबाट सरकारले ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। यो पछिल्लो आर्थिक वर्षमा भएको राजस्व संकलनको तुलनामा १ अर्ब ९९ करोड रुपैयाँले घटेको हो।
२०७८/७९ मा आयातित स्मार्टफोन | २०७९/८० मा आयातित स्मार्टफोन | |
संख्या (थान) | ५७ लाख ६३ हजार | १५ लाख ५९ हजार (↓ ७३%) |
कुल रकम (रु) | ४० अर्ब ८९ करोड | २४ अर्ब ३९ करोड (↓ ५०.५५%) |
संकलित सरकारी राजस्व (रु) | ६ अर्ब ५४ करोड | ४ अर्ब ५५ करोड (↓३५. ८८%) |
यो पनि पढ्नुहोस्ः
- सामसङ्गको नया फोल्डेबल फोन सार्वजनिक, मूल्य ढाइ लाख
- अब “मेरो ज्योतिष” एपबाट सजिलै कुण्डली बनाउन मिल्ने
- पेपल माफियाको अविश्वसनीय कथा
आयातमा आएको उच्च गिरावटले सरकारी राजस्वमा पनि ठुलै असर परेको छ। सरोकारवालाहरूका अनुसार आयातमा गिरावोट आउनुको मुख्य कारण सरकारले आयातमा गरेको कडाई र देशको आर्थिक सिथिलता रहेको छ । सरकारले अप्रिल २६, २०२२ देखि डिसेम्बर १६, २०२२ सम्म विलासिताका सामानहरु आयात गर्न रोक लगाएको थियो। यस्ता विलासिताका समानहरुमा $६०० भन्दा माथिका फोनहरुलाइ पनि समावेश गरिएको थियो।
आयातमा उच्च गिरावोट आए पनि नेपाल दुरसञ्चार प्राधिकरणले २०८० साल जेठदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। जसले केहिँ हद सम्म भएपनि आयातमा सुधार हुने अपेक्षा गरिएको छ।